महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९

परिचय

वीरगन्ज आन्तरिक सुक्खा बन्दरगाह नेपालको पहिलो सुक्खा बन्दरगाह हो जसको निर्माण नेपाल सरकारद्वारा वि.सं. २०५७ मा गरिएको थियो। वि.सं. २०५८ मा नेपाल इन्टरमोडल यातायात विकास समितिको गठन गरेर यसलाई सुक्खा बन्दरगाहको सञ्चालनको जिम्मा दिइएको थियो।

यस सुक्खा बन्दरगाहको सञ्चालन सन् २००४ जुलाई १६ देखि भएको हो। प्रारम्भदेखि सन् २०२० सम्म नेपाल इन्टरमोडल यातायात विकास समितिले सिर्सिया, वीरगन्जमा रहेको हिमालयन टर्मिनल्स प्राइभेट लिमिटेडलाई यस बन्दरगाहको आन्तरिक निकासी डिपोको सम्भार र प्रबन्धनको जिम्मा सुम्पेको थियो।

सन् २०२० मा नेपाल इन्टरमोडल यातायात विकास समितिले यस बन्दरगाहको आन्तरिक निकासी डिपोको जिम्मेवारी प्रिस्टाइन लजेस्टिकलाई दिएको छ।

यो सुक्खा बन्दरगाहभित्र भन्सार कार्यालय, चारवटा सेड हाउस, टर्मिनल भवन, तौल गर्ने बाँध, दुईवटा बैङ्कको शाखाहरू, ६ लाइनमा फैलिएर रहेको रेल भण्डारण क्षेत्र छ। यो सम्पूर्ण जग्गा मिलाएर यो बन्दरगाह ३८ हेक्टरको क्षेत्रफलमा फैलिएको छ।

यस बन्दगाहमा एकै चोटीमा ४५०० कन्टेनरहरू राख्न सकिन्छ।यो बन्दगाह भारतीय रेल सञ्जालद्वारा भारतको रक्सौलसँग जोडिएर रहेको छ।

बन्दरगाहभित्र रहेका कार्यालयहरूः

नेपाल इन्टरमोडल यातायात विकास समिति

भन्सार कार्यालय - सुक्खा बन्दरगाह

प्रिस्टाइन लजेस्टिक (बन्दरगाह सञ्चालक कम्पनी)

भन्सार एजेन्ट कार्यालय

नेपाल प्रहरी

बैङ्कः

कुमारी बैङ्क लिमिटेड, बन्दरगाह शाखा

एभरेष्ट बैङ्क लिमिटेड, आन्तरिक निकासी डिपो शाखा